१७ बैशाख ०७५, रुपन्देही । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज शान्ति र्याली निकालिएको छ ।
सोमबार बिहान २५६२ औं बुद्ध जयन्तीको अवसरमा शान्ति र्याली निकालिएको हो । र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अन्य मन्त्रीहरु तथा देश विदेशबाट लुम्बिनीमा आएका सयौं बौद्ध धर्मालम्बीहरू सहभागी भए ।
र्याली मायादेवी मन्दिरबाट शुरु गरीलुम्बिनीको मुख्य–मुख्य भागको परिक्रमा गरेको थियो ।