अखिल नेपाल यातायात मजदुर संघले १२९ औं मई दिवस संघर्षको रुपमा मनाउने

१८ बैशाख ०७५, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघले १२९ औं अन्तराष्ट्रिय श्रमिक दिवस यातायात मजदुरहरुले खाई पाई आएको तलवमा रु. ५ हजारले वृद्धि गर्न माग गरी संघर्षको रुपमा मनाउने भएको छ  ।

अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सोम तामाङले १२९ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण यातायात मजदुहरुहरुमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।

अध्यक्ष तामाङले शुभकामना सन्देश व्यक्त गर्दै अखिल नेपाल ट्रेड यूनियन महासंघले २०७५ वैशाख १४ गते माननीय श्रम मन्त्री गोकर्ण विष्टलाई ज्ञापन पत्र बुझाउँदै सम्पूर्ण मजदुरहरुले खाई पाई आएको तलवमा रु ५ हजार वृद्धि गर्ने माग गरेपछि अखिल नेपाल यातायात मजदुर संघले १२९ औं अन्तराष्ट्रिय श्रमिक दिवस देशभरका यातायात मजदुरहरुको खाई पाई आएको तलवमा रु.५ हजारले वृद्धि गर्ने, यातायात मजदुरहरुलाई नियुक्ति पत्र प्रदान गरी आधारभूत वेतन निर्धारण गर्दै सामाजिक सुरक्षा कोषमा सहभागिताको सुनिश्चितता गराउने संघर्षको अभियानको थालनी गर्ने दिनको रुपमा मनाउन लागेकोे बताए ।

२०७४ आश्विनमा अखिल नेपाल यातायात मजदुर संघले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र गृह मन्त्रालयमा एकैसाथ माग पत्र पेश गरेको र सोही मागपत्रमा यातायात मजदुरहरुको लागि नियुक्ति पत्र, आधारभूत वेतन र सामाजिक सुरक्षा कोषमा सहभागितालाई सुनिश्चित गर्न अनुरोध गरिएको स्मरण गर्दै तत्कालिन गृह मन्त्री जनार्दन शर्माले सवै सि.डि.ओ.कार्यालयहरुलाई परिपत्र गरेर अखिल नेपाल यातायात मजदुर संघको समस्या सम्बन्धित यातायात व्यवसायी समिति संघ संस्थाहरुसँग बसेर समाधान गर्न निर्देशन दिएको र सोही आधारमा यातायात मजदुरहरुलाई नयाँ कार्यविधिले संवोधन गरेको तामाङले स्पष्ट पारे ।

नेपाल यातायात व्यवसारी राष्ट्रिय महासंघ र यातायात सम्वद्ध अन्य संघ संस्थाहरुले यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ को विरोध गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । यद्यपि यातायात व्यवस्था निर्देशिका २०७४ ले यातायात क्षेत्रमा कार्यरत यातायात मजदुरहरुको नियुक्ति पत्र तथा सामाजिक सुरक्षा कोषमा मजदुरहरुको सहभागितालाई सुनिश्चित गरेकोले अखिल नेपाल यातायात मजदुर संघले यातायात व्यवसायी राष्ट्रिय महासंघको संघर्षको कार्यक्रममा समर्थन नरहेको जानाकारी दिए ।

  •  
    2
    Shares
  • 2
  •  
  •  
  •  

तपाइको मत