अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

१८ बैशाख ०७५, काठमाडौं । नेपालका ट्रेड युनियनहरुले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् ।

आज देशभर अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल ट्रेड युनियन कांग्रेस, पेशगत महासंघ नेपाल लगायतका मजदुर संगठनहरुले ¥याली, कोणसभा लगायतका कार्यक्रम गरी मई दिवस मनाएका हुन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले “श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन गरौं, समाजवादी लक्ष्यलाई पकड्दै १ २९औं मई दिवस भव्यरुपले सफल पारौं” भन्ने नाराका साथ उपत्यकामा कार्यरत श्रमिकहरु काठमाडौंको प्रदर्शनी मार्गमा भेला भई शहीद गेट, सुन्धारा, वीर अस्पाताल हुँदै शान्तिबाटिकासम्म विशाल ¥यालीसहित पुगेर कोणसभा गरी ‘मई दिवस’ मनाए ।

परिवर्तनको पछाडि हजारौं श्रमिकहरुको बलिदान छ – घर्ती

कोणसभामा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य एवम् महासंघका फ्र्याक्सन इन्चार्ज जयपुरी घर्ती मगरले मई दिवसको विशेष महत्व रहेको बताइन् ।

मगरले कोण सभालाई सम्बोधन गर्दै नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता प्राप्ति लगायत आमूल परिवर्तनको पछाडि हजारौं नेपाली श्रमिकहरुको बलिदान रहेको बताइन् ।

उनले दश वर्षको जनयुद्धका क्रममा उत्पीडित वर्ग, समुदाय, क्षेत्रका हजारौं श्रमिकहरुका गौरवपूर्ण बलिदानी रहेको भन्दै मई दिवस पनि बलिदानी दिवस रहेकाले यसको महत्व दिनप्रतिदिन श्रमिकका बीच बढ्दै गइरहेको बताइन् ।

श्रमिकहरुलाई सरकारले उपयुक्त आवासको व्यवस्था गर्नुपर्छ – रेग्मी

यसैगरी महासंघका अध्यक्ष गणेश रेग्मीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको साइनो ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’सँग जोडिएको भन्दै सुकुम्वासी श्रमिकहरुलाई सरकारले उपयुक्त आवासको व्यवस्था गर्नु पर्ने बताए ।

अध्यक्ष रेग्मीले सामाजिक सुरक्षा कोष ऐन र श्रम ऐन २०७४ कार्यान्वयनका लागि तत्काल श्रम नियमावली र सामाजिक सुरक्षा कोष नियमावली जारी गरिनु पर्नेमा जोड दिए ।

श्रमिकको तलब रु. ५००० बृद्धि गर्न, राज्यको नीति निर्माणको तहमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न अध्यक्ष रेग्मीले विशेष जोड दिए ।

१८औं शताब्दीमा अमेरिकाको शिकागो सहरमा श्रमिकमाथि गरिएको बर्बर दमनको स्मृति र श्रमिक आन्दोलनको उत्सवको रूपमा सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारेखका दिन मई दिवस मनाउन थालिएको हो ।

  •  
    19
    Shares
  • 19
  •  
  •  
  •  

तपाइको मत