१९ बैशाख ०७५, डोटी । दिपायल विद्युत स्टेशनमा आगलागी भएको छ ।
बुधबार बिहान करिब ८ बजेतिर विद्युत स्टेशनमा आगलागी भएको हो ।
आगलागीबाट फिडर, ट्रान्सर्फमर, तार लगायतमामा क्षति पुगेकाले विद्युत आपूर्ति बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।
चट्याङका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । दिपायलस्थित विद्युत स्टेशनमा गत बर्ष पनि आगलागी भएको थियो