भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी

१९ बैशाख ०७५, काठमाडौं । भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माणका क्रममा स्थानीयबासी र कामदारबीचको सहमति कार्यान्वयन नभएको भन्दै भेरी गंगा नगरपालिका–५ हात्तिखालस्थीत आयोजनाको कार्यालयमा मंगलबार तालान्दी गरिएको हो ।  विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित स्थानीयबासीहरुका तर्फबाट सरोकार समिति र मजदुर यूनियनले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

आयोजना निर्माण गर्दा अतिप्रभावितस्थल भेरी गंगा नगरपालिका–५ हात्तिखाल र गेरुबानीमा दीर्घकालिन रुपमा शुद्ध खानेपानी योजना निर्माण गर्नुपर्ने सहमति हालसम्म कार्यान्वयन नभएको, विद्युत, सिँचाइ लिफ्टिङ्गको दीर्घकालिन समाधान गर्नुपर्ने, आयोजना निर्माण क्षेत्रको जनता प्रावि र सरस्वति प्राविमा ध्वनि तथा वायु प्रदुषणरहित पर्खाल व्यवस्थापन गर्नुपर्ने, हात्तिखाल र गेरुवानीअन्तर्गत पर्ने मुल सडक तथा रिङ्ग रोडमा पक्की नालासहित विभिन्न खोलाहरुमा आवश्यकताअनुसार कल्भर्ड तथा ह्युम पाइप तत्काल व्यवस्था गर्नुपर्ने, प्रभावितक्षेत्रमा स्थायी रुपमा बसोबास गर्ने स्थानीयबासीका लागि उपयोगी सीपमुलक, कृषि तथा पशुपालन, स्वरोजगारमुलक तालिम सञ्चालन गर्नुपर्ने माग सरोकार समितिले राखेका छन्  ।

यस्तै, खेलमैदान र वनभोज पार्क निर्माण गर्नुपर्ने पनि माग गरिएको छ । विभिन्न बाहानामा आयोजना तथा चिनिया कम्पनीबाट निकालिएका दक्ष–अदक्ष कामदारहरुलाई प्रत्यक्ष कामदारको रोहवरमा सहमति गरि तत्काल रोजगारी दिनुपर्ने माग मजदुर युनियनको छ ।

उनीहरुले काम गरिहेका कामदारलाई रोजगारीबाट निकालिएकोमा आपत्ति जनाउँदै पुनः काम दिन माग गर्दै कामदार तथा श्रमिकहरुको मासिक रुपमा एक दिन बिदा दिनुपर्ने र दिनको पूर्ण तलबभत्ता उपलव्ध गराउनुपर्ने माग मजदुरहरुका छन् ।

आयोजनाका निर्देशक शिवकुमार बस्नेतले स्थानीय र मजदुरको मागप्रति संवेदनशील रहेकोले केही मागहरु पहिले नै पुरा भइसकेको केही माग पुरा हुने चरणमा रहेकोले आयोजनालाई प्रभावित गर्न तालाबन्दी गरिएको आरोप लगाए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत