महादेववेसीमा चारवटा सवारी ठोक्किदा ट्रक र मोटरसाइलमा आगलागी

१९ बैशाख ०७५, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत  थाक्रे गाउँपालिका–२, महादेववेसीमा चारवटा सवारी ठोक्किदा ट्रक र मोटरसाइलकमा आगोलागी भएको छ ।

बुधबार बिहान मलेखुबाट काठमाडौं जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकलाई बा ७५ प ६०५१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो ।

मोटरसाइकलाई जोगाउने क्रममा बा २ ग २४६३ नम्बरको नेपाली सेनाको  ट्रकमा ठक्कर खाएर दुर्घटना भएको र जुधेकै ट्रकमा धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटना लगत्तै ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ध्रुवराज राउतले बताए ।

घटनामा दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक अन्दाजी २९ वर्षीय रेखबहादुर बस्नेत र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय प्रेमबहादुर भुजेल छन् ।

आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

घटनापछि साढे २ घण्टा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बासी र सदरमुकामबाट गएको नीलकण्ठ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएर राजमार्गलाइ एकतर्फी रुपमा सूचारु गराएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत