गोंगबु बसपार्कबाट यातायात समिति र संघका काउन्टर हटाई कम्पनीको मात्र बोर्ड राख्ने निर्णय

२१ बैशाख ०७५, काठमाडौं । सरकारले राजधानीको गोंगबुस्थित नयाँ बसपार्कबाट सबै यातायात समिति र संघका काउन्टर हटाउने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार समिति र संघका सबै काउन्टर र त्यहाँ राखिएका बोर्ड हटाएर विभिन्न यातायात कम्पनीहरुका बोर्ड राख्न थालिएको हो ।

यातायात मन्त्रालयको निर्णय अनुसार यातायात व्यवस्था विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको छ । काउन्टर हटाउन लोत्सेले प्रहरी सुरक्षा मागेको छ । त्यस अनुसार गृहमन्त्रालयले बसपार्कको सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवामा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिए ।

निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ ।

विभिन्न समिति र सं‌घको नाममा  बसपार्कमा टिकटका लागि हुने दलाली र बिचौलियाका कारण यात्रुले समस्या बेहोर्नुपरेका बेला सरकारको यस्तो कदम आएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत