ट्रिपरको ठक्करबाट बालिकाकाे घटनास्थलमै मृृृत्युु

२२ बैशाख ०७५, पाल्पा । जिल्ला सदरमुकाम तानसेनमा ट्रिपरको ठक्करबाट शुक्रबार राती ५ वर्षीया अन्सिका दर्लामीकाे मृत्यु भएको छ ।

जिल्लाको सिद्देश्वरबाट ढुंगा लिएर रुपन्देही तर्फ जाँदै गरेको लु २ ख २४४० नम्वरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प ८७५९ नम्बरको मोटरसाइकललाई राती करिब ९ बजे तानसेन -३ अपुभिलेजमा ठक्कर दिँदा बालिकाकाे घटनास्थलमै मृृृत्युु भएकाेे हाेे ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले रुपन्देहीको सिद्धार्थ नगरपालिका १ भैरहवा निवासी केशवबहादुर दर्लामीकी पाँच वर्षीया छाेरी अन्सिका दर्लामीकाे घटनास्थलमै मृृृत्युु भएकाेे जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक घिमिरेका अनुसार मृतक अन्सिकाकाेे शव जिल्ला अस्पताल पाल्पामा राखिएको छ भने बुबा केशव दर्लामी र नाबालिकाकी आमा टिका पुन दर्लामी सामान्य घाइते भएका छन् ।

प्रहरीकाअनुसार ट्रिपर चालक र ट्रिपरलाई नियन्त्रणमा लिइएकाे छ तर ट्रिपर धनी र ट्रिपर समिति सम्पर्कमा नअाएपछि परिवारले मृतककाे शव उठाएका छैनन् ।

मृतकका अाफन्तले ट्रिपर धनी र ट्रिपर समितिकाेे अनुपस्थितिमै प्रहरीले चालक पक्राउ परिसकेको र गाडी नियन्त्रणमा रहेको भन्दै मुचुल्कामा हस्ताक्षर गराउन जाेड दिएकोप्रति असन्तुष्टि जनाए ।

 

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत