२४ बैशाख ०७५, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपालबाट चीन जान लागेका एक पुरुष र पाँच महिला सुनसहित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट १४ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।
उनीहरुलाई भन्सारमा बुझाइएको र भन्सार प्रक्रिया पुरा गरेर थप अनुसन्धान अगाडी बढाइने प्रहरीले जनाएको छ ।