बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्दैनौं – यातायात व्यवसायी

२४ बैशाख ०७५, काठमाडौं । यातायात व्यवसायीले बैंक खाता फुकुवा नभएसम्म गाडी दुर्घटना हुँदा दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार खर्च नब्यहोर्ने बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायीले सो कुरा बताएका हुन् ।

महासंघका अध्यक्ष अध्यक्ष योगेन्द्र कर्माचार्यले आफूहरुको बैंक खाता रोक्का भएकाले दुर्घटनाबाट घाइते भएका घाइतेको उपचार गर्न नसक्ने बताए ।

अध्यक्ष कर्माचार्यले आफूहरुको काउन्टर बसपार्कबाट हटाइएकाले सडकबाटै सेवा सुचारु गर्नु पर्ने अवस्था आएको भन्दै यसबाट उत्पन्न हुने असहजताका लागि सरकार जिम्मेवार हुने बताए ।

यातायातमन्त्री रघुबीर महासेठले यातायात क्षेत्र सुधारका लागि बनेको कार्यदलले तत्कालै काम सुरु गरेर दुर्घटना बीमा लगायतका विषयलाई टुङ्गो लगाउने बताउँदै यातायात क्षत्रेमा व्यवसायीले उठाएका भाडा, रुट इजाजत, बसपार्क व्यवस्थापन, ई-टिकेटिङ लगायतका विषयमा एक महिनाभित्र प्रतिवेदन लिएर सरकारले उचित निर्णयहरु लिने बताए ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत