२७ बैशाख ०७५, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजा आजा नगरुञ्जेल सम्मका लागि सर्वसधारणलाई प्रवेश निषेध गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदी शुक्रबार जनकपुर आएर दर्शन नगरुन्जेलका लागि जानकी मन्दिरमा आज दिउँसो १२ बजेदेखि सर्वसाधरणलाई प्रवेश निषेध गरिएको हो ।
भारतीय प्रधानमन्त्री मन्दिरमा पूजा गर्न आउने हुनाले सुरक्षा संवेदनशीलताका कारण सर्वसाधारणको प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी गराए ।
अब भीआईपी, सुरक्षा अधिकारी र स्वीकृति प्राप्त सञ्चार माध्यका प्रतिनीधिहरुले मात्र मन्दिरमा प्रवेश पाउने भएका छन् ।