सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती

२७ बैशाख ०७५, राजविराज । राजविराज भन्सार कार्यालयमा सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्ने नाममा सर्वसाधारणलाई दुख दिन थालेका छन् ।

भन्सार कार्यालयले लक्ष्य अनुुसार राजस्व असुल गर्न नसक्दा सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्ने नाममा सर्वसाधारणलाई दुख दिन थालेका हुन् ।

पीडित दुुर्गानन्द मेहता

छिन्नमस्ता गाउँपालिका वडा नं. ५ का दुुर्गानन्द मेहताले  राजविराजमा पत्रकार सम्मेलन गरी आफुसँग रहेको १० लाख रुपैयाँ सशस्त्र प्रहरी बल तिलाठी भन्सार वोर्डर आउट पोष्टका सई नारायण प्रसाद विकले धम्की दिँदै जबरदस्ती खोसेर लगेको आरोप लगाएका छन् ।

उनले गत वैशाख १४ गते शुक्रवार राजविराज भन्सार कार्यालयमा भईरहेको मालसमानको लिलामी सकार गर्न जादै गर्दा सई विकले आफुलाई धाकधम्की दिदै रुपैयाँ र खाद्यान्न खोसेको बताएका हुन् ।

उनले सई विकलाई  पैसा किन खोसेको भनी गुनासो गर्दा छानबिन पछि फिर्ता गरिदिन्छु भन्दै आएकोमा तीन दिनपछि मात्र पैसा फिर्ता नहुने थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न गएको तर प्रहरी कार्यालयले उजुरी दर्ता नगरेकाले पत्रकार सम्मेलन गरेको बताए । सम्मेलनमा उनले भने – ‘न मसँग भारतीय रुपैयाँ थियो, न नक्कली नोट नै ! के म कुनौली बोर्डर मै छ भन्सार कार्यालय त्यहाँ गएर लिलामी साकार गर्न पाउँछु कि पाउँदिन ?’

मेहताले आफु प्रहरीबाटै असुरक्षित रहेको भन्दै वास्तविकता बुझि न्यायका लागि पहल गरिदिन पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।

पीडित मेहेताले आफूले १३–१४ वर्षदेखि टेम्पो चलाएर सो रकम जम्मा गरेका तर, विद्युती रिक्सा आएपछि टेम्पो ठप्प भएकोले जम्मा गरेको सो रकमले भन्सार कार्यालयबाट लिलाम भईरहेको चामल, दाल, खाने तेल, पापड, खुर्सानीसहितका सामग्री साकार गरी किराना पसल सञ्चालन गर्ने आफ्नो योजना रहेको बताए ।

केही दिन अघि मात्र उनलाई जग्गा लिलामी साकार गर्न ८ लाख रुपैयाँ बोकेर गईरहेको बेला जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले पक्राउ गरी अनुसन्धान गरी छोडिदिएको पत्रकार सम्मेलनमा बताए ।

यस विषय सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक रामा आधार यादवले सशस्त्र प्रहरीले उक्त रकम पक्राउ गरेको स्वीकार गर्दै राजविराज स्थित राष्ट्रिय वाणिज्य बैंकमा वैशाख १६ गते नै जम्मा गरिसकेको बताए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत