जनकपुरमा सुरक्षा कडा, सेनाको हवाई गस्ती सुरु

२८ बैशाख ०७५, जनकपुर ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी हवाई गस्ती सुरू गरिएको छ ।

शुक्रबार बिहानैदेखि दुईवटा हेलिकप्टरबाट नेपाली सेनाको टोलीले मोदीको आउनु केही घण्टा समय बाँकी रहँदा जनकपुरमा सुरक्षा व्यवस्था कडा पार्दै गस्ती गरेको हो ।

मोदी  बिहान ९ बजेर १५ मिनेटमा हेलिकोप्टरबाट विमानस्थलमा जनकपुर आइपुग्ने छन् । मोदी दुई घण्टासम्म रहुन्जेल हवाई गस्ती जारी रहने नेपाली सेनाले जनाएको छ ।

मोदी आउने भएपछि जिल्ला जिल्लाबाट सर्वसाधारणलाई बसबाट ओसार्न थालिएको छ । बिहानैदेखि पसल र सवारी साधन ठप्प पारिएका छन् ।

शुक्रबार बिहानैदेखि विमानस्थलबाट मुग्लिङ चोक, बसपार्क, रामानन्द चोक हुदैँ जानकी मन्दिर आउने सडकमा अहिलेदेखि नै पूर्णरुपमा बन्द गरी आपतकालिन र भीआईपीका मात्रै गाडी चल्न दिइएको  छ  ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत