प्रधानमन्त्री केपी शर्मा ओली मोदीको स्वागतका लागि जानकी मन्दिरमा पुगे

२८ बैशाख ०७५, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरस्थित जानकी मन्दिर पुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री ओली जनकपुर पुगेका हुन् । उनलाई जनकपुर विमानस्थलमा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका छन् ।

जानकी मन्दिरमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पुजा अर्चना गर्नुका साथै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत