२८ बैशाख ०७५, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो अत्यधिक भएपछि प्रहरीले लाठी चार्ज गरेको छ ।
मोदीलाई स्वागत गर्न भन्दै हजारौँको संख्यामा ल्याइएका सर्वसाधरणलाई प्रवेशमा असहज हुँदा अवस्था नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठी चार्ज गरेको हो ।
स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरे पनि बिहानैदेखिको भिड हेर्दा त्योभन्दा पनि धेरै पुग्ने अनुमान गर्न सकिन्छ ।