२९ बैशाख ०७५, काठमाडौं । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी गम्भीर घाइते भएका छन् ।
शुक्रबार दिउँसो ४ बजे शौचालयमा लडेर गम्भीर घाइते भएका हुन् । अधिकारीकोे टाउकोमा रगत जमेकाले आर्इसीयूमा राखेर उपचार भइरहेको मनिपाल शिक्षण अस्पतालले जानकारी दिएको छ।
सभामुख शौचालयमै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पुर्याएका थिए ।
सभामुख अधिकारी होसमा रहेको तर स्वास्थ्य अवस्था स्थिर रहेकाले आज काठमाडौं पठाइने अस्पतालले जानकारी दिएको छ ।