३० बैशाख ०७५, कैलाली । नेपाल कम्युनिस्ट पार्टीका नेता दिलबहादुर साउदलाई प्रहरीले कैलालीको लम्कीबाट गिरफ्तार गरेको छ ।
आइतबार लम्कीस्थित ‘रेडियो पश्चिम आवाज’मा अन्तरवार्ता दिँदै गर्दा स्टुडियोभित्रैबाट साउदलाई गिरफ्तार गरेको हो ।
बन्दको बारेमा जवाफदेही बनाउनका लागि पत्रकार युवराज न्यौपानेले साउँदसँग अन्तरवार्ता लिदै थिए । उनलाई रेडियो स्टेशनबाटै प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार न्यौपानेसहित लम्कीका पत्रकारले आपत्ति जनाएका छन् ।
नेता साउद नेकपाका कैलालीका सचिवालय सदस्य हुन् । साउदलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।