आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा

३० बैशाख ०७५, काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

राष्ट्राध्यक्षको उपस्थितिमा गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुखले हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचीन भोटो देखाउने प्रचलन छ ।

ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोहस्थलमा ल्याइन्छ । समारोहमा राष्ट्रप्रमुख, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्ति उपस्थित परम्परा छ । भोटो जात्रा अवलोकन गराउन ललितपुरकी जीवित देवी कुमारीलाई जावलाखेलस्थित पाटीमा ल्याएर राखिन्छ ।

 

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत