भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट

३० बैशाख ०७५, चितवन । भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ ।

बिहान ०३ः४५ बजे रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा ग्रिनेट बम विस्फोट भएको हो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले नेपाल बन्द घोषणा गरिएको दिन बिहानै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम विस्फोट  गराएको जानकारी दिए ।

उपरीक्षक थापाले मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको बताए । उनले सीसी टिभी फुटेजबाट ग्रिनेड हान्ने मध्ये एकजनाको पहिचान भएको र खोजी जारी रहेको बताए ।

विस्फोटबाट भाटभटेनी सुपरमार्केटको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत