यातायात श्रमिकहरुलाई रोजगारीको सुनिश्चित गर – यातायात मजदुर

३१ बैशाख ०७५, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघले सरकारले जारी गरेको संशोधित यातायात व्यवस्था कार्यविधि निर्देशिकाको स्वागत गर्दै यातायात श्रमिकहरुलाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताएको छ ।

संघका अध्यक्ष सोम बहादुर तामाङद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा कुनै पनि बहानामा यातायात श्रमिकलाई कामबाट वञ्चित नगराउन सरकारलाई सुझाइएको छ ।

बुकिङ र चेकिङमा वर्षौंदेखि कार्यरत श्रमिकहरुलाई डर, त्रास सिर्जना गरिएको भन्दै हाल संघ र समितिहरुमा कार्यरत स्थाई-अस्थाई सबै श्रमिकहरुलाई नयाँ कम्पनीमा स्वतः नियुक्ति दिनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रचलित श्रम ऐन कानुनले निर्धारण गरेको क्षतिपूर्ति प्रदान गरी निजहरुले चाहेको खण्डमा पुनः काममा फर्कन सक्ने वातावरण निर्माण गर्न माग गर्दै विज्ञप्तिमा संक्रमणकालीन अवस्थाको नाममा मजदुरहरुले कामबाट वञ्चित हुनु पर्ने र उनीहरुको सेवा सुविधा रोकिने परिस्थिति सिर्जना भएमा मजदुर संठगनहरु एकतावद्ध भई सशक्त आन्दोलन गर्न बाध्य हुने बताइएको छ ।

विज्ञप्तिको पूर्णपाठ:

  •  
    9
    Shares
  • 9
  •  
  •  
  •  

तपाइको मत