महोत्तरीमा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते

१ जेठ ०७५, जलेश्वर । महोत्तरीको जनकपुर जलेश्वर भिटामोड सडक खण्डमा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

मंगलबार दिउँसो ज १ ख ७०१ नम्बरको बस सडकको बीचमा खनिएको नालामा पल्टेर दुर्घटना भएको हो । जीर्ण सडक र क्षमता भन्दा बढी यात्रु भएको कारण बस दुर्घटना भएको बसमा सवार यात्रुहरुकले  बताएका छन् ।

घाइतेहरुको जलेश्वर अस्पताल र जनकपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको  छ । सहचालक महोत्तरी गाउँपालिका १ पर्साका असरफ राइनको अवस्था गम्भीर रहेको र बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत