२ जेठ ०७५,काठमाडौं । पार्टी एकताबारे नकारात्मक प्रचार शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
पार्टी एकीकरण प्रक्रियाबारे नकारात्मक प्रचार बाजी भइरहेको बेला बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा पार्टी एकता सकेसम्म एक साताभित्रै टुंगो लगाउन दुवै नेता सहमत भएको स्रोतले जनाएको छ ।
भेटमा एमाले र माओवादीबीच पार्टी एकीकरण टुंगो लगाउन बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।
- 1Share
1