सप्तरी सडक दुर्घटनामा ६३ जनाले ज्यान गुमाए !

२ जेठ ०७५, राजविराज । सप्तरीमा सवारी नियम उल्लङ्घन गरी सवारी चलाउँदा सडक दुर्घटनामा ६३ जनाले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षको तथ्यांकअनुसार सप्तरीमा २ सय ८२ वटा सडक दुर्घटना भएको देखिन्छ । ४ सय ४४ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक, बस, कार–जिप, भ्यान, ट्याक्टर, मोटरसाईकल सहितका सवारी साधान दुर्घटनामा परेर १ सय ६८ गम्भिर र ३ सय ५३ जना समान्य घाइते भएको प्रहरीको भनाई छ ।

सो अवधिमा दुर्घटनामा परी ३३ वटा चौपाया मरेको छ भने ८ वटा घाइते भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो तीन वर्षको तथ्याङ्कलाई तुलना गर्ने हो भने सप्तरीमा बर्षेनी सवारी दुर्घटना बृद्धि हुँदै गएको छ ।

र्थिक वर्ष ०७१/०७२ मा सडक दुर्घटनामा परि यहाँ २२ जनाको ज्यान गएको थियो । सो अबधिमा १ सय ७८ वटा सडक दुर्घटना भई १ सय १४ गम्भिर र ३ सय ३३ जना समान्य घाइते भएको थियो ।

यसैगरी, आर्थिक वर्ष ०७२/०७३ मा सप्तरीमा भएको २ सय ८३ वडा सडक दुर्घटनामा परेर ५१ जनाले ज्यान गुमाएको थियो । सो अवधिमा २ सय १६ गम्भिर र ३ सय ३७ जना समान्य घाइते भएका थिए ।

आर्थिक वर्ष ०७३/०७४ मा ३ सय ९२ सडक दुर्घटनामा परेर ७० जनाको ज्यान गएको छ । सो अवधिमा दुर्घटनामा परी २ सय २४ गम्भिर र ३ सय ९६ समान्य घाईते भएका थिए ।

  •  
    2
    Shares
  • 2
  •  
  •  
  •  

तपाइको मत