कानुनविपरीत शुल्क असुल्ने व्यवसायीलाई कारवाही गर्ने तयारी

३ जेठ ०७५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कानुनविपरीत शुल्क असुल्ने व्यवसायीलाई कानुनी कारवाही गर्ने तयारी गरेको छ ।

श्रममन्त्री गोकर्ण बिष्टले बिहीबार पत्रकार सम्मेलनमा बैदेशिक रोजगारीमा अवैधानिक सिन्डिकेट खडा गर्ने व्यवसायीलाई नछाड्ने स्पष्ट संकेत गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायात क्षेत्रको सिन्डिकेटलाई कारवाही गर्न दृढता देखाइरहेको बेला श्रम मन्त्रालयले पनि विभिन्न नाममा संस्था खडा गर्दै कमिसन खेती गरिरहेका म्यानपावर व्यवसायीविरुद्ध प्रारिम्भक अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयसँग अनुरोध गरेको बुझिएको छ ।

श्रम कानुनमा सरकारले तोकेको र द्विपक्षीय सम्झौतामा लेखिए बाहेकका शुल्क लिन नपाउने व्यवस्था भए पनि म्यानपावर व्यवसायीहरुले बैदेशिक रोजगारीमा जाने नेपाली कामदारसँग अतिरिक्त रकम लिएर मात्रै पठाउने गरेका छन् ।

  •  
    3
    Shares
  • 3
  •  
  •  
  •  

तपाइको मत