बालुवाटारबाट एकीकृत पार्टीको विधान अनुमोदन

३ जेठ ०७५, काठमाडौं । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को एकता संयोजन समिति बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ ।

दुई पार्टीबीच बिहीबार एकता हुने भएसँगै बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको हो ।

बिहीबार नै एमाले र माओवादीको संयुक्त केन्द्रीय समिति बैठक बसेर नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत