मणिग्राममा अज्ञात समूहद्वारा गोली चल्दा एक मजदुर घाइते

३ जेठ ०७५,  रुपन्देही । तिलोत्तमा नगरपालिका–५ मणिग्राममा अज्ञात समूहद्वारा गोली चल्दा एक मजदुर घाइते भएका छन् ।

बुधबार साँझ तिलोत्तमा नगरपालिका -५ राममणि क्याम्पस नजिकै अज्ञात समुहले गोली चलाउँदा रुपन्देहीकै कोटहीमाई गाउँपालिका–४ का ४१ वर्षीय रामकेश धवल घाइते भएका हुन् । घाइते धवल घर निर्माणको काममा मजदुरीका लागि तिलोत्तमा आएका थिए ।

साँझ रोटी पकाउने बेलामा रातो रंगको मोटरसाइकल आएका अपरिचित व्यक्तिले पछाडीबाट उनलाई गोली प्रहार गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए ।

ढाडमा गोली लागेर गम्भीर धवलको स्थानीय क्रिमसन अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा रिफर गरिएको एसपी ज्ञवालीले बताए ।

घाइते  घटनापछि चारैतिर चेकजाँच कडा पारेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

  •  
    2
    Shares
  • 2
  •  
  •  
  •  

तपाइको मत