अग्नी पीडित दलित परिवारलाई राहत वितरण

५ जेठ ०७५, राजविराज । धर्मी हल्फा महिला विकास क्लवले आगलागीबाट बिच्चलीमा परेका दलित परिवारलाई राहत वितरण गरेको छ ।

तिरहुत गाउँपालिका ५ लोहजराका अग्नी पीडित अति विपन्न दलित पुलकित मण्डल खत्वेलाई धर्मी हल्फाले राहतस्वरूप त्रिपाल, लुगाफाटा, खाद्यान्न र भाडाकुडा प्रदान गरेको हो ।

अग्नी पीडित खत्वेको घरमा बैशाख २८ गते आगलागी हुँदा घर र घरभित्र रहेका सम्पूर्ण सामानहरू जलेको थियो भने एक मात्र छोरो भोगेन्द्र मण्डल गम्भीर घाइते भएको थियो । खत्वेले हाल छोराको उपचार धरानमा गराइरहेको छ ।

हेल्प नेपाल नेटवर्कको सहयोगमा क्लवका अध्यक्ष ई.सूर्य नारायण यादवले राहत वितरण गरेको कार्यक्रममा प्रहरी चौकी लोहजराका असई उपेन्द्र यादव, समाजसेवी राम अवतार यादव, शिक्षक सीयाराम कुसियैत, जीबछ मरीकलगायतका स्थानीयको उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत