गगन थापा भन्छन् – सरकारको राम्रा कामको स्वागत र विकासका मुद्दामा सहकार्य

५ जेठ ०७५, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको राम्रा कामको स्वागत र विकासका मुद्दामा सहकार्य गर्ने बताएका छन् ।

काँग्रेसको सैनामैना नगरसभालाई सम्बोधन गर्नेक्रममा नेता थापाले निर्वाचनमा जित र हार स्वाभाविक हुने भन्दै सरकारको राम्रा कामको स्वागत र विकासका मुद्दामा सहकार्य गर्ने बताएका हुन् ।

नेता थापाले निर्वाचनमा आएको परिणामले नआत्तिन कार्यकर्तालाई आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टी पुनर्गठनसँगै कम्युनिष्टहरुमा बहुमतको दम्भका संकेतहरु देखा पर्न थालेको बताए ।

उनले काँग्रेस अबको पाँच वर्ष जनताको घरदैलोमा पुग्ने र जनतासँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै आउने चुनावमा शक्तिशाली पार्टी बनाउने प्रयासमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत