कक्षा ९ मा अध्ययनरत धिरेन्द्र साहले गरे आत्महत्या

६ जेठ ०७५, जनकपुर । भानुचौकस्थित मिथिला मन्टेश्वरी आवासीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत धिरेन्द्र साहले आत्महत्या गरेका छन् ।

आइतबार बिहान जनकपुर उपमहानगरपालिका १५ का रूपनारायण साहका १५ वर्षीय छोरा धिरेन्द्र साहले आत्महत्या गरेका हुन् ।

होस्टल बस्दै आएका धीरेन्द्रले आत्माहत्या गर्नुअघि सुसाइड नोट लेखेर कोठामै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अंग्रेजीमा लेखिएको सुसाइड नोटमा हस्ताक्षर गरी आफ्नै व्यक्तिगत कारणले मर्न लागेको उल्लेख गर्दै ‘म मर्न गइरहेको छु, यसको कुनै कारण छैन, यो मेरो व्यक्तिगत समस्या हो, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ लेखेका छन् ।

मृतक शाहको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । उनको शोकमा जनकपुरका अधिकांश नीजि विद्यालयमा विदा दिइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत