सुन व्यवसायी मुखियाको हत्यामा संलग्न ६ जना जेल चलान

६ जेठ ०७५, झापा । सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न ६ जनालाई  जेल चलान गरिएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पिसिजी ज्वेलर्सका सञ्चालक प्रमोद बिश्वकर्मा, बिर्तामोड–५ घर भइ राधे रिद्धिसिद्धी ज्वेलर्स सञ्चालन गर्दै आएका पारसकुमार देव, बिर्तामोड–३ घर भइ मुखियाकै पसलमा म्यानेजरको रुपमा काम गर्दै आएका प्रकाश भनिने चिरञ्जिवी ओली, बिर्तामोड–८ का दिपेश पौडेल, बिर्तामोड–३ का राजेश राज भनिने राहुल शाह र बिर्तामोड–५ का सुजन चौधरीलाई जेल चलान गरिएको हो ।

जिल्ला अदालत, झापाले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै जेल चलान गरिएको हो ।

गत २० फागुनदेखि सुन चाँदी व्यवसायी संघ, झापाका सदस्य मुखिया बेपत्ता भएका एक सातापछि मुखियाको शव  इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा फेला पारिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत