सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेस हुने

७ जेठ ०७५, काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेस गर्दैछ ।

सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ४ बजे संसद् बैठक बोलाइएको छ ।

कार्यक्रमका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई समेत निम्तो दिइएको सचिवालयले जनाएको छ ।

संयुक्त बैठकपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको छुट्टा-छुट्टै बैठकले राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद दिने कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममाथि छलफलका लागि तीन दिन छुट्याइएको सचिवालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत