७ जेठ ०७५, काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममा विभिन्न राजनीतिक नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राम्रा र मीठा कार्यक्रम अघि सारिए पनि स्पष्टीकरण जस्तो लागेको बताए ।
कांग्रेसका नेता विजयकुमार गच्छदारले नयाँ योजनाहरु ल्याइएको तर बजेट प्रस्तुत नभई केही भन्न नसकिने बताए ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनको कुरा नआउँदा आफूहरुलाई खल्लो लागेका भन्दै त्यसबाहेक सरकारको नीति तथा कार्यक्रममा राम्रा योजना आएको बताए ।
सरकारको नीति तथा कार्यक्रममा देशभित्रका असन्तुष्टि सम्बोधन गर्ने कुरा आइदिएको भए राम्रो हुने भन्दै नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सकारात्मक प्रतिक्रिया दिए ।
- 2Shares
2