आईपीएल यात्रा अविस्मरणीय, नेपाललाई चिनाउने मौका पाँए – सन्दीप

८ जेठ ०७५, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने आईपीएल क्रिकेटमा सहभागी भएर स्वदेश फिर्ता भएका छन् ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएर सन्दीप मंगलबार स्वदेश  फिर्ता भएका हुन् । आईपीएल खेलेर मंगलबार फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत समर्थकले स्वागत गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आईपीएल यात्रा अविस्मरणीय र नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए ।

आईपीएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीपले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेर स्वदेश फर्किएका हुन् ।

आईपीएलको यो सिजनमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला तीन खेलमात्र खेल्ने अवसर पाएका १७ वर्षीय सन्दीपले तीनवटै खेलमा विकेट लिएर आफ्नो सनसनीपूर्ण खेल प्रदर्शन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत