राष्ट्रपतिले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई अनादर गरेको भन्दै कांग्रेसद्वारा संशोधन प्रस्ताव दर्ता

८ जेठ ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई अनादर गरेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा संशोधन प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेस संसदीय दलको बैठकको निर्णय अनुसार सम्मानित पदको अपमान गरिएको भन्दै मिनेन्द्र रिजाल सहित १७ सांसदहरुले संशोधन दर्ता गराएका हुन् ।

सोमबार राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द प्रयोग नगरेकोमा कांग्रेसले आपत्ति जनाएको हो ।

राष्टपतिले लिखित वक्तव्य पढ्ने क्रममा नीति तथा कार्यक्रम पुस्तिकामा सम्माननीय सभामुखज्यू लेखिए पनि सो शब्द पढेकी थिइनन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत