९ जेठ ०७५, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् ।
सिप्रदी ट्रेडिङले सन्दीपलाई बुधबार साँझ सोल्टी होटलमा एक कार्यक्रम आयोजना गरेर ब्रान्ड एम्बास्डडर घोषणा गरेर कार उपहार दिन लागेको हो ।
सिप्रदी ट्रेडिङका अनुसार सन्दीपलाई आगामी तीन वर्षका लागि ब्रान्ड एम्बास्डर घोषणा तथा कार प्रदान गर्नका लागि होटल सोल्टीमा साँझ साढे ६ बजे औपचारिक कार्यक्रम गर्न लागिएको हो ।
१७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले दिल्ली डेडरडेभिल्सबाट ईपीएलका अन्तिम तीन खेलमा सहभागिता जनाउँदै ५ विकेट लिएका थिए । यसैबीच दिल्लीले सन्दीपलाई आफ्नो क्लबका तीन नयाँ खेलाडीमा सबैभन्दा प्रतिभावान पनि घोषित गरेको छ ।
- 1Share
1