नवलपुरमा बस दुर्घटना हुँदा ३२ जना घाइते

१० जेठ ०७५, काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको कर्णाली यातायातको बस नवलपुरको दुम्कीवासमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

बिहीबार बिहान ना ६ ख ७४५६ नम्बरको  बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ ।

प्रहरीले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत