नेकपाको केन्द्रीय सदस्यमा सप्तरीवाट ४ जना मनोनित

१० जेठ ०७५, राजविराज । सप्तरीबाट नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा चार जना नेता मनोनित भएका छन् ।

नेकपा एमालेका तर्फबाट सत्यनारायण मण्डल, सुमनराज प्याकुरेल, रामप्रित पासवान, र माओवादीको तर्फबाट अशोक मण्डल ‘अमर’ नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

माओवादीका तर्फबाट केन्दीय सदस्य बनेका मण्डल यसअघि पोलिटब्यूरो सदस्य थिए भने एमालेका सत्यनारायण मण्डल एमालेका स्थायी समिति सदस्य थिए ।

सत्यनारायण  प्रदेश नं. २ का प्रदेश सभा सदस्य,  प्याकुरेल राष्ट्रिय सभा सदस्य, पासवान राष्ट्रियसभाका पूर्वउपाध्यक्ष र अशोक मण्डल पूर्व सभासद्  हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत