कांग्रेस सभापति देउवाले पार्टीभित्र गुट चलाएकाे नेविसंघकाे अाराेप

११ जेठ ०७५, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले गुट चलाएकाे भन्दै नेपाल विद्यार्थी संंघ काठमाडौं जिल्ला समितिले विराेेेध प्रदर्शन गरेकाे छ ।

कांग्रेसभित्र गुट-उपगुटकाे द्वन्द्व चलिरहेकै बेला पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनु पर्ने मागसहित शुक्रबार नेविसंघ काठमाडौंले देउवाले गुट चलाएकाे भन्दै प्रदर्शन गरेका हुन् ।

सभापतिले बहुमतको डण्डा चलाएर पार्टी चलाएकाे अाराेप लगाउँदै यसरी पार्टी नचल्ने भनी नेविसंघले प्लेकार्डसहित सडक प्रदर्शन गरेको हाे ।

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

जुलुसमा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्रकाे आन्तरिक लोकतन्त्र सुदृढ बनाउनु पर्ने, सरकारले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि र महंगी नियन्त्रण गर्नु पर्ने लगायतका नारा लगाएका थिए ।

नेविसंघका कार्यकर्ताहरुले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारविरुद्ध बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने, शैक्षिक माफिया हाेशियार, बैदेशिक हस्तक्षेप बन्द गर लेखिएका प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत