तेस्रो दिन पनि अदालतमा गोरेको बयान जारी

११ जेठ ०७५, विराटनगर । सनम शाक्य हत्या काण्ड र सुन तस्करीका मुख्य अभियुक्त गोरे भन्ने चूडामणि उप्रेतीलाई तेस्रो दिन पनि बयानका लागि जिल्ला अदालत मोरङ लगिएको छ ।

वेव तस्विर ।

बिहीबार र बुधबार दुई दिन बयान लिए पनि नसकिएकाले गारेलाई शुक्रबार बयानकै लागि अदालत लगिएको हो ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहोवरमा गोरेसँग बयान लिने काम भइरहेको छ ।

जिल्ला अदालत मोरङमा गत बैशाख १९ गते सुन तस्करी र शाक्य हत्या प्रकरणमा ६३ अभियुक्तविरुद्ध सुन तस्करी र सनम हत्या प्रकरणमा मुद्दा दर्ता गरिएको थियो ।

एसएसपी श्यामबहादुर खत्रीसहित ३२ जना अझै फरार रहेको छ भने २८ जना पुर्पक्षका लागि थुनामा छन् । मंगलबार पक्राउ परेका गोरेले अदालतमा बयान दिइरहेका छन् ।

गोरेलाई अदालत लैजाँदा र अदालतबाट निकाल्दा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । गारेले आफूमाथि असुरक्षा बढेको भन्दै मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा बस्न पाउनु पर्ने माग गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत