मेडिकल स्नातक तहको प्रवेश परीक्षामा एकीकृत पद्धति लागू हुने

१२ जेठ ०७५, काठमाडौं । चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले छ ।

अगामी शैक्षिक सत्रदेखि नै कार्यान्वयन हुने गरी मन्त्रालयले एकीकृत प्रवेश परीक्षाको व्यवस्था गर्ने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकालले जनाए।

चिकित्सा शिक्षा अध्यादेशमार्फत सरकारले प्रधानमन्त्रीज्यूको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा अयोग गठन गरिसकेकोले अबदेखि मेडिकल प्रवेश परीक्षा एकद्वार पद्धतिबाट सञ्चालन र नतिजा प्रकाशन गर्ने गृहकार्य सुरु गरिएको ढकालले  बताए ।

उनका अनुसार मन्त्री पोखरलेले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपुकलपति र डिनसँग छलफल गरी एकीकृत प्रवेश परीक्षा व्यवस्था लागू गर्ने टुङ्गो लगाएका हुुन् ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनका डिन राजेन्द्रप्रसाद कोजुले एकीकृत प्रवेश परीक्षा लागू गर्नुअघि सरकारले चारवटै मेडिकल शैक्षिक निकायका शैक्षिक क्यालेन्डरमा एकरूपता ल्याउनुपर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत