१३ जेठ ०७५, धनगढी । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा दिनदहाडै गोली प्रहार गरेर लुटेराले नौ लाख रुपैयाँ लुटेर लगेका छन् ।
बिहान सवा दश बजेतिर धनगढी-३ बस्ने ३७ वर्षीय ग्लोबल बैंकका कर्मचारी निर्मल कार्कीले सिद्धार्थ बैंकबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा पुरानो भन्सार रोडमा गोली प्रहार भएको हो ।
बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गाेली प्रहार गरी उनको साथमा रहेको रकम लुटेर भागेकाे प्रत्यक्षदर्शीले बताएका छन् । लुटेराहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
कार्कीको छाती र कुइनामाथिको पाखुरामा गोली लागेकाले उनको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ ।
सेती अस्पताल इमरजेन्सी विभागका कृष्णबहादुर बोहराका अनुसार घाइते बोल्न सकिरहेको भएपनि छातिमा गोली भएकोले अवस्था गम्भिर रहेको बताए ।