चेन्नाईले जित्यो आईपीएलको उपाधि

१४ जेठ ०७५, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ ।

आइतबार राति वानखेडे मैदानमा भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भएको हो । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेकाे चेन्नर्इले अाइपिएलकाे तेस्रो पटक उपाधि जितेको हाे ।

टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको विजय लक्ष्य चेन्नाईले १८ ओभर ३ बलमा हासिल गर्‍यो ।

आईपीएलको उपाधि तेस्रोपटक जित्ने क्रममा ओपनर शेन वाटसेनको प्रदर्शन शानदार रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वाटशनले नटआउट ११७ रन योगदान गरे । ५७ बल सामना गरेका उनले ११ चौका र ८ छक्का प्रहारगरेसँगै  वाटसेन म्यान अफ दि म्याच भए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत