दाङमा झाडापखाला अझै नियन्त्रणमा आएन, बिरामी संख्या १२ सय पुग्यो

१४ जेठ ०७५, दाङ । शनिबार बिहानदेखि पश्चिम दाङको शान्तिनगर गाउँपालिकाकामा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।  झाडापखालाका कारण बिरामी हुनेको संख्या बाह्र सय पुगेको छ ।

शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा वितरण भएको खानेपानीको प्रदुषणका कारण झाडापखाला फैलिएको हो ।

गाउँपालिका प्रमुख कमानसिंह डाँगीले पखालाबाट वडा नम्बर ३ का पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँहरु बढी प्रभावित भएको बताए ।  उनले खानेपानीको विकल्प नभएकाले प्रदुषित मुहानकै पानी पिउँदा पखाला नियन्त्रणमा आउन नसकेको बताए ।

शान्तिगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले सिंगो गाउँभरी  फैलिएको झाडा पखालाका कारण मानवीय क्षेती नभएपनि बिरामीहरु थपिने क्रम अधिक रहेको बताए । उनले उपचारका क्रममा औषधी अभाव हुन नदिन पर्याप्त तयारी गरिएको बताए ।

उपचारमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीसँग तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल तथा नेपाली सेनाको चिकित्सक टोलीले उपचार गरिरहेको स्वास्थ्य चौकी परिसरमै बसेर उपचार गरिरहेका छन् ।

जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बिरामीको चाप बढेपछि ठाउँको अभाव भएपछि चउरमै राखेर उपचार गरिरहेको र  बिरामी ओसार्नका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत