पार्टीमा भएका कमी कमजोरी माथिल्लो तहका नेतृत्व पंक्तिले नै जिम्मा लिनुपर्छ : सिटौला

१४ जेठ ०७५, राजविराज । नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीमा कायम रहेको कमी कमजोरी सुधारका लागि माथिल्लो तहका नेतृत्व पंक्तिले नै अगुवाई लिनुपर्ने बताएका छन ।

सोमवार सप्तरीको राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा स्थानीय पार्टी पदाधिकारी, क्षेत्रीय सभापति, भातृ संस्थाका प्रतिनिधि लगायतलाई सम्बोधनका क्रममा उनले यस्तो वताएका हुन ।

नेता सिटौलाले पार्टीले समयमा निर्णय लिन नसक्नु र आवश्यकताको पहिचान गरी चुनावी अभियानमा जुटन नसक्नु नै नेतृत्व तहको कमजोरी रहेको भन्दै एक पटकको निर्वाचनमा पराजय भोग्नु पर्दैमा हतास हुनु पर्ने आवश्यकता नरहेको बताए ।

उनले विगतका कमी कमजोरीवाट पाठ सिक्दै आगामी संगठन निर्माणको अभियानमा जुट्ने बेला आएकाले आगामी महासमितिको वैठकमा ठोस एजेण्डा र सुझावका साथ भाग लिन समेत आग्रह गरे ।

त्यस्तै, नेता सिटौलाले देशका हरेक ऐतिहासिक परिर्वतनमा अहिलेसम्म कांग्रेसले नै नेतृत्व गर्दै आएको प्रसंग उठाउदै कांग्रेसका कार्यकर्ताले इमान्दारी र कर्तव्य परायणताका साथ लोकतन्त्रलाई सुदृढ गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत