१५ जेठ ०७५, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीए) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले केसीसहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले सट्टेबाजीमा संलग्न भएको आरोपमा अञ्जनसहित ६ पक्राउ परेको पुष्टि गर्दै उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए ।
अन्जन यसअघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परी विशेष अदालतबाट धरौटीमा छुटेका थिए ।
- 4Shares
4