१६ जेठ ०७५, दाङ । शान्तिनगरमा पाँच दिनदेखि फैलिएको झाडापखालाका बिरामीमा डेंगुको लक्षण देखिएको छ ।
शान्तिनगर स्वास्थ्यचौकीले उपचारका लागि रिफर गरिएका शान्तिनगरका सुकमाया विक र शोभा विकमा यस्तो लक्षण देखा परेको हो ।उनीहरुलाई थप उपचारका लागि तुलसीपुरको सिटी हस्पिटलमा रिफर गरिएको थियो ।
बिरामीमा डेंगुको लक्षण देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले झाडापखाला लागेका बिरामीको नमुना बोकेर काठमाडौं फर्किएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए । उनले यसको पुष्टि गर्न थप नमुना लगिएको र बिहीबारसम्म रिपोर्ट आएपछि मात्र डेंगु हो वा होइन भन्नेबारे पत्ता लाग्ने बताए ।
- 1Share
1