नारायाणहिटीमा राजमुकुट सार्वजनिक गर्ने तयारी

१६ जेठ ०७५, काठमाडौं । सरकारले तीन महिनाभित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ ।

बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुगेकासंस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिनाभित्र सार्वजनिक गर्ने योजना रहेको बताएका हुन् ।

मन्त्री अधिकारीले संचारकर्मीमाझ नारायणहिटीको ऐतिहासिकता मर्न नदिन आफूले  संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने सोच अघि सारेको बताए ।

मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने आश्वासन दिए ।मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयको रुपमा नामाकरण गरेको थियो ।

मन्त्री अधिकारीले नारायणहिटी संग्राहलयको ऐतिहासिकता मर्न नदिन सरकार सचेत रहेको स्पष्ट पार्दै सरकारले यो संग्राहलयको उचित व्यवस्थापनका लागि छुट्टै समिति बनाउने योजना पनि तय गरेको बताए ।

यसअघि पनि सरकारले राजमुकुट सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक सार्वजनिक गर्दै आएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत