अदालतमा उपस्थित एसएसपी खत्रीको बयान सकियो, थुनछेक बहस सुरू

१७ जेठ ०७५, काठमाडौं । सुन तस्करीमा संलग्न भनिएका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।

बिहीबार बिहान १०:४५ बजे  एसएसपी खत्रीले जिल्ला अदालतमा अदालतमा उपस्थित भएका हुन् । उनलाई पक्राउ गर्नका लागि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएको थियो ।

३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा फरार रहेका ३२ प्रतिवादी मध्येका एसएसपी खत्री मुख्य अभियुक्त हुन् ।

घटनाका मुख्य अभियुक्त  चूडामणि उप्रेती ‘गोरे’ले खत्री पक्राउ परेपछि सुन तस्करीका बारेमा सबै कुरा खुल्ने बयान अदालतमा दिइसकेका छन् । पुर्पक्षका लागि कारागार चलान भइसकेका गोरेले खत्रीलाई पक्राउ गरेर बयान लिए सुनका मालिक देखि लिएर गिरोहसम्मका बारेमा जानकारी हुने बयान दिएका थिए ।

अदालतमा हाजिर भएका खत्रीसँग जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान लिन सुरु गरिएको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताए ।

एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत