गृहमन्त्री भन्छन् – समयमा काम नसक्ने ठेकेदारहरु तस्कर, दलाल र समृद्धिका बाधक

१८ जेठ ०७५, चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकासको ठेक्का लिने र समयमा काम नसक्ने ठेकेदारहरु तस्कर, दलाल र समृद्धिका बाधक भएको बताएका छन् ।

नेपाल फोटो पत्रकार महासंघको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विकासको ठेक्का लिने र समयमा काम नसक्ने ठेकेदारहरु तस्कर, दलाल र समृद्धिका बाधक भएको बताएका हुन् ।

गृहमन्त्री थापाले समयमै काम नसक्ने ठेकेदारहरुको नाम र फोटो सार्वजनिक गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्ने, यी प्रतिगामीहरु सामन्त वर्ग होइन, दलाल हुन् । यस्ता ठेकेदार तस्करहरु हुन्, देशको समृद्धिको बाधक हुन्,’ गृहमन्त्री थापाले भने, ‘यिनी खलनायकहरुको फोटो सार्वजनिक गर्नुस् ।’

विकास र समृद्धिको पक्षमा इमान्दारीपूर्वक काम गर्ने ठेकेदारहरुलाई भने नायकको रुपमा अगाडि ल्याउन आवश्यक भएको बताउँदै उनले तस्कर र भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने बताए ।

धर्मको नाममा, अस्थिरता मच्चाउने गतिविधि स्वीकार्य नहुने भन्दै गृहमन्त्री थापाले भने, ‘यस्ता प्रतिगामीहरुलाई ठीक गर्ने काम हुन्छ ।’

  •  
    2
    Shares
  • 2
  •  
  •  
  •  

तपाइको मत