नेपाल एकदिवसीय टिमको वरियतामा समावेश

१८ जेठ ०७५, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ ।

अनुसार जुन १ देखि लागू हुने गरी चार देशलाईआईसीसीले एक दिवसीय टिमको वरियतामा समावेश गरेको गरेको हो । नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएको हो ।

आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पुर्या‍एको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत